जेठ
१४, काठमाडौँ । सोमबार शेयर बजार परिसुचक नेप्से सामान्य अंकले बढेको छ । साताको
दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.८९ अंक(०.१८ प्रतिशत) बढेर २११३.२४ विन्दुमा बन्द
भएको छ।
यस दिन नेप्से बढेपनि कारोबार
रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन ३१७ स्टकको ५८ हजार ४८३ पटकको
कारोबारमा ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको ९३ लाख ३० हजार कित्ता शेयर
खरिदबिक्री भएको छ।
यस दिन नेप्सेमा दुई स्टक नेपाल वेयरहाउजीङ्ग कम्पनी र मुक्तिनाथ
कृषि कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बुद्धभुमि
नेपाल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्राक्चर एण्ड
डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको आज २० करोड ४० लाख रुपैयाँ
बराबरको शेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएका १३
उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक घटेको छ भने १० उपसमूहको परिसूचक बढेको छ ।
यस दिन सर्वाधिक १.८०
प्रतिशतले लगानी उपसमूहको परिसूचक बढेको छ भने यस दिन होटल तथा पर्यटन, बैंकिङ्ग र
निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता