Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्सेमा पुनः तेस्रो तथा अन्तिम सर्किट ब्रेक लागेपछी आजका लागि बजार बन्द

  •   ३ वर्ष अघि | २१ फाल्गुन २०८०, सोमवार

फागुन २१, काठमाडौँ । आज सोमबार शेयर बजारमा तेस्रो साकारात्मक सर्किट ब्रेक लागेको छ।

दोस्रो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ६ प्रतिशतले  बढेपछि नेप्सेमा पुनः तेस्रो तथा अन्तिम सर्किट ब्रेक लागेको हो ।

सोमाबर कारोबार खुलेको पहिलो ३ मिनेटमानै नेप्से सूचक ४ प्रतिशतले बढ्दा पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेक ११ बजेर २३ मिनेटमा खुलेपछी पुन: १ मिनेटभन्दा कम अवधिमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किट पश्चात १ मिनेटभन्दा कम अवधिमानै नेप्से ६ प्रतिशतले बढी तेस्रो र आज सोमबारका लागि शेयर कारोबार बन्द भएको छ ।

आज नेप्से ११७.७० अंक(६ प्रतिशत)ले बढेको छ ।

सोमबार सर्किट  ब्रेक  लागेर बन्द हुने भन्दा अगाडी २३७ स्टकको शेयर कारोबार भएको थियो। २३७ मध्ये २३२ स्टकको शेयरमूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ।

यस दिन मूल्य घटेका ५ स्टकमध्ये दुई लघुवित्त र ३ म्युचुअल फण्ड रहेका छन् । आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईबिएल समृद्धि फण्ड २ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाईमूल्य घटेको छ ।

त्यसैगरी गणपति लघुवित्त र ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य घटेको हो। यी ५ स्टकहरुको गिरावट दर भने न्यून रहेको छ।

आज २३७ स्टकको कारोबारमा ३७ करोड ५२ लाख ९ हजार ९ सय ७८ रुपैयाँको कारोबार भएको छ  ।

यसदिन सोनापुर मिनिरल्सको सर्वाधिक ४ करोड ५० लाख ३३ हजार २ सय ३९ रुपैयाँको करोबार भएको छ ।

  • न्युज बहार संवाददाता

थप