Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि परेन?

  •   १२ महिना अघि | १२ असोज २०८२, आइतवार

असोज १२, काठमाडौँ । आज आइतबार सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। यो बाँडफाँट मुक्तिनाथ क्यापिटलको कार्यालयबाट गरिएको हो, जुन कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हो।

सागर डिष्टिलरीले भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ११ लाख ९० हजार ६४० कित्ता शेयर सार्वजनिक गरेको थियो, जसको कुल मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबर पर्छ।

उक्त आईपीओमा २२ लाख २७ हजार ५०३ जनाले आवेदन दिएका थिए, जसअन्तर्गत २ करोड ४२ लाख ८० हजार ५८० कित्ता शेयरको माग परेको थियो। तीमध्ये २१ लाख ९३ हजार ८२३ जनाको आवेदन वैध ठहरिएर स्वीकृत भएको छ भने बाँकी आवेदनहरू विभिन्न कारणले रद्द भएका छन्।

माग धेरै भएकाले बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो। बाँडफाँटअनुसार १ लाख १९ हजार ६४ जना भाग्यशाली आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा https://iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।

 

  • न्युज बहार संवाददाता

थप