माघ २४, काठमाडौं । राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परिक्षा यहि माघ २८ गते सञ्चालन
हुने गरी तोकिएको परीक्षा स्थगन भएको छ।
आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम सर्वोच्च
आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि भनि लोकसेवा आयोगले सोमबार विज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मका लागि
स्थगन गरिएको जनकारी दिएको छ।
यस अघि आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको
मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी
तालिका सार्वजनिक गरेको थियो।