Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बुधबार भारतीय सेयर बजारमा राताम्मे, केही घण्टामा लगानिकर्ताको १२ खर्ब डुब्यो

  •   ३ वर्ष अघि | ३० फाल्गुन २०८०, बुधबार

फागुन ३०, काठमाडौँ । बुधबार भारतीय सेयर बजारमा राताम्मे भएको छ ।  भारतीय सेयर बजारमा आजको कारोबार सुरु हुने बित्तिकै बजार क्र्यास भएको हो । आज एकै दिन भारतको प्रमुख शेयर परिसूचक बीएसईमा एक हजार अङ्क भन्दा धेरैको गिरावट आइएको हो ।

१ हजार ४६ अङ्कले घटेर आज दिउँसो २:३० बजे सेन्सेक्स ७२ हजार ६२१ अङ्कमा आएको थियो । यसरी सेन्सेक्स  घटेपछी बीएसईमा सूचिकृत कम्पनीहरूले १२ खर्ब देखि १३ खर्ब भारुबिचको बजार पुँजीकरण केही घण्टाको अन्तरालमै गुमाएका छन ।

त्यस्तै अर्को प्रमुख शेयर परिसूचक निफ्टी पनि १ दशमलव ७४ प्रतिशत (३८८ अङ्क)ले घटेर २१ हजार ९४७ अङ्कमा आइपुगेको छ । यसका अलाबा अन्य सूचकाङ्कहरू पनि रक्ताम्मे देखिएका छन ।

  • न्युज बहार संवाददाता

थप