चैत २१, काठमाडौँ । बुधबार पनि शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । पछिल्लो ३ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ३.४३ अंक(०.१७ प्रतिशत) घटेर २००६.७८ विन्दुमा बन्द भएको छ।
यस दिन नेप्से घटेपनि कारोबार
रकम भने सामान्य बढेको छ। यस दिन बजारमा ३२२ स्टकको ५२ हजार ६५ पटकको कारोबारमा २
अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बराबरको ६४ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको
छ।
आज
शेयरमूल्य सर्वाधिक बढेका शीर्ष १० कम्पनीहरुमा सूचीमा ९ लघुवित्त कम्पनीहरु रहेका
छन्। यसदिन गुराँस लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ । आज शेयरमुल्य
सर्वाधिक (४.४० प्रतिशत)ले घट्नेमा रिभर फल्स पावर लिमिटेड रहेको छ।
यस दिन कारोबार रकमका
आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । यस दिन यस कम्पनिको
२५ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
आज बुधबार १३ उपसमूहमध्ये
३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमुहको परिसुचक घटेको छ । आज सर्वाधिक १.६५
प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ।
आज कारोबारमा आएको
उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता