असोज
७, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।
सोमबार नेप्से परिसूचक
५९.०२ अंक(२.२८ प्रतिशत)ले घटेर २५२९.३३ विन्दुमा बन्द भएको छ।
यस दिन नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको
तुलनामा बढेको छ। बजारमा यस दिन ३२९
स्टकको ७७ हजार १५३ पटकको कारोबारमा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको
१ करोड ३५ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सर्वाधिक ९.८४
प्रतिशतले हिमालयन हाइड्रोपावरको शेयरमूल्य बढेको छ। यस दिन समृद्धि फाइनान्स, गुडविल फाइनान्स, एनआईसी एशिया फ्लेक्सी
क्याप फण्डको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा
रहेको छ। उक्त कम्पनिको यस दिन २१ करोड १३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको
छ।
आज कारोबारमा आएका १३
वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये सर्वाधिक ५.५६ प्रतिशतले वित्त उपसमूहको
परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता