Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

६.०१ अंकले बढ्यो नेप्से, सात कम्पनिको शेयरको मुल्य सकारात्मक सर्किट लेबलमा कारोबार

  •   २ वर्ष अघि | ६ भदौ २०८१, बिहिबार

भदौं ६, काठमाडौँ । नेप्से परिसूचक आज बिहिबार साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भएको छ।

यस दिन नेप्से सामान्य अंक बढेपनि ७ स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।


बिहीबार नेप्से परिसूचक ६.०१ अंक(०.२० प्रतिशत)ले बढेर २९७४.४६ विन्दुमा बन्द भएको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। बजारमा यस दिन ३३३ स्टकको २ लाख १६ हजार ४५५ पटकको कारोबारमा १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको ४ करोड ९ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको हो

आज ७ कम्पनिको शेयर मुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट लगायत कम्पनिको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

बिहिबार सिद्धार्थ बैंकको ऋणपत्र भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। यस दिन उक्त बैंकको १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक ४.५२ प्रतिशतले विकास बैंक उपसमूहको परिसूचक बढेको छ भने यस दिन लगानी निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

  • न्युज बहार संवाददाता

थप