जेठ १०, काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ। आज सेयर बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा पुगेर बन्द भएको हो ।
गत साताको मंगलबारदेखि बढ्न सुरु भएको नेप्से त्यसयताको ७ औं दिन पनि लगातार वृद्धि भएको छ ।
आज बुधबार नेप्सेमा हाइड्रोपावर, वित्त कम्पनी र म्युचुअल फण्ड उपसूचकमा गिरावट आयो भने त्यसबाहेक अन्य उपसूचकहरु भने बृद्धि भए।
आज उत्पादनमूलक उपसूचक सर्वाधिक ४.६९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ४.४७ प्रतिशतले वृद्धि भएको हो ।
नेप्सेमा वृद्धि भएपनि आज कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ । यस दिन नेप्सेमा १ अर्ब ८७ करोड ३० लाखको कारोबार भएको छ ।
- न्युज बहार संवाददाता