असार २८, काठमाडौँ । आज बिहीबार साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज सेयर बजार १२.६२ अंकले घटेर २०८०.९२ विन्दुमा रोकिएको छ । यो गिरावट शून्य दशमलव ६० प्रतिशतको हो ।
आज बजारमा सबैभन्दा धेरै फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस दिन फाइनान्स उपसमुह २ प्रतिशतले घटेको छ ।
आज २९६ धितोपत्रको ५७ हजार ६४५ कारोबारबाट ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच भएको हुँदा ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँको कारोबार भएको छ।
आज एनआईबीएल समृद्धि फण्ड, एसबीएल डिभेञ्चर, एनएमए डिभेञ्चरको सकारात्मक सर्किट लेबलमा कारोबार भयो भने पिपुल्स हाइड्रो, हिमालयन पावरसहितका धितोपत्रको सबै भन्दा धेरैले मूल्य घटेको छ ।
यसदिन हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट धितोपत्रको धेरै कारोबार भएको छ ।
- न्युज बहार संवाददाता