Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

  •   ३ वर्ष अघि | ३ फाल्गुन २०८०, बिहिबार

फागुन ३, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से परिसूचक यस दिन १४.४६ अंक(०.६९ प्रतिशत)ले घटेर २०६२.०३ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यस दिन ३०५ स्टकको ८१ हजार ५६ पटकको कारोबारमा ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त र बोटलर्स नेपाल (बालाजु) को शेयर १० प्रतिशत बढेर कारोबार भएको हो भने सर्वाधिक ५.७० प्रतिशतले कारोबारमा आएको मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य घटेको छ।

यस दिन पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घट्दा एक उपसमूहको परिसूचक बढेको छ । यस दिन ०.१५ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको हो।

यस दिन सर्वाधिक २.७१ प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप