बैशाख १९, काठमाडौँ । एक दिनको विदापछी आज मंगलबार खुलेको सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट आएको छ । आज सेयर बजार परिसुचक नेप्से ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा बन्द भएको हो ।
आज मंगलबार मात्र नेप्सेमा १४४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै आज ६८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ७ कम्पनीको सेयर मुल्य स्थिर रहेको छ ।
आज नेप्सेमा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।
- न्युज बहार संवाददाता