Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

नेप्सेले दियो ओरालो यात्रालाई निरन्तरता

  •   ४ महिना अघि | १९ चैत्र २०८०, सोमवार

चैत १९, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक ६.२६ अंक(०.३१ प्रतिशत)ले घटेर २०१२.०७ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्से परिसुचकसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३१५ स्टकको ६३ हजार १५ पटकको कारोबारमा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

सोमबार घटेको नेप्सेमा दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माइ खोला हाइड्रोपावर र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज रिभर फल्स पावर कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । यस दिन उक्त कम्पनीको ४७ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

यस दिन व्यापार  र होटल तथा पर्यटन उपसमूहको परिसूचक क्रमश: ०.२० प्रतिशत र १.१६ प्रतिशतले बढेको छ । 

  • न्युज बहार संवाददाता

थप