असार १३, काठमाडौँ । सहकारी संस्थाहरुलाई काठमाडौँ महानगरपालिकाले ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।
काठमाडौँ महानगरपालिकाको सहकारी विभागले आज एक सूचना जारी गर्दै सहकारीहरुले गरेको साधारण सभाको जानकारी, सहकारीको लेखापरीक्षण प्रतिवेदन लगायतका विवरण माग गरेको हो ।
- न्युज बहार संवाददाता