Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

झापा इनर्जी लिमिटेडको आईपीओको बाँडफाँट सम्पन्न

  •   १० महिना अघि | ८ असोज २०८२, बुधबार

असोज ८, काठमाडौँ । आज बुधबार झापा इनर्जी लिमिटेडको आईपीओको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँट गरिएको हो। कम्पनीले भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ४ लाख ७३ हजार ३३६ कित्ता शेयर बिक्रीका लागि सार्वजनिक गरेको थियो।

आईपीओमा कुल १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द गरिएको छ।

मागभन्दा धेरै आवेदन परेको हुँदा शेयर बाँडफाँट गोलाप्रथाको माध्यमबाट गरिएको छ। यसअनुसार ४७ हजार ३३३ लगानीकर्ताले १० कित्ताका दरले शेयर पाएका छन्। बाँकी रहेका ६ कित्ता शेयर भने ६ जना लगानीकर्तालाई १ कित्ताका दरले बाँडफाँट गरिएको छ, जसले गर्दा ती ६ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

  • न्युज बहार संवाददाता

थप