Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दसैँको दक्षिणाले आइपिओ भर्ने होइन त? १६ गतेदेखि खुल्दै यस कम्पनिको आइपिओ

  •   ३ वर्ष अघि | ३ कार्तिक २०८०, शुक्रबार

कार्तिक ३, काठमाडौँ । कात्तिक १६ गतेदेखि भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखी अधिकतम ३ लाख ८० हजार कित्ता सेयरका लागि कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ। 

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यस कम्पनीलाई 'आइआरएन डबल बी इस्युअर रेटिङ' प्रदान गरेको छ। यसको अर्थ कम्पनिको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको भन्ने बुझिन्छ।

मुक्तिनाथ क्यापिटल लिमिटेड कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ ।

यस कम्पनीको आइपिओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप