असोज १९, काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको २० रुपैयाँ दरका नयाँ नोट नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याउने भएको छ।
यस अघिका गभर्नर डा. चिरञ्जिवि नेपालको हस्ताक्षर भएको बिष रुपैयाँको नोट हाल चलनचल्तिमा रहेको छ ।त्यसपछी हालका गभर्नर अधिकारीको हस्ताक्षर भएको नोट केन्द्रीय बैंकले चलनचल्तीमा ल्याउन लागेको हो।
केन्द्रिय बैंकको जानकारि अनुसार साविक कै आकार तथा रङ्गमा ‘ठ/८७’०००००१ देखि ‘त/१८’९९९९९९ सम्मको नोट आजदेखि चलनचल्तीमा ल्याउन लागेको हो।
- न्युज बहार संवाददाता