Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाललाई पहिलोपल्ट भारतको रियल-टाइम मार्केटमा विद्युत बेच्न अनुमति

  •   ३ वर्ष अघि | १३ असोज २०८०, शनिबार

असोज १३, काठमाडौँ । पहिलोपल्ट भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल-टाइम मार्केटमा नेपाल विद्युत प्राधिकरणले विद्युत बिक्री गर्न अनुमति पाएको छ।

एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले भारतको उक्त प्रतिस्पर्धी उर्जा बजारमा अबबाट सवा घण्टाअघि बिडिङ गरी विद्युत बिक्री गर्न पाउने भएको हो।

शनिबार नेपाल विद्युत प्राधिकरणलाई भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले रियल-टाइम मार्केटमा विद्युत बिक्री गर्न स्वीकृति दिएको हो।

  • न्युज बहार संवाददाता

थप