बिहीबार
साताको अन्तिम कारोबार दिन नेप्सेमा परिसूचक २८.९२(१.४७ प्रतिशत) अंकको गिरावट
आएको छ । आज नेप्से १९३२.४५ बिन्दुमा बन्द भएको छ।
यस दिन
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
यस दिन
२७६ वटा धितोपत्रको ३७ लाख ६९ हजार ३३ कित्ता सेयर किनबेचबाट १ अर्ब १५ करोड ९ लाख
२० हजार ६०७ रुपैयाँको कारोबार भएको छ ।
आज
नेप्सेमा सुभम् पावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा बाराही
हाइड्रोपावर रहेको छ।
यस दिन लिबर्टी इनर्जीको
सर्वाधिक कारोबार भएको छ।
त्यसैगरी आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ । आज होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता