Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज नेप्सेमा दोहोरो अंकको करेक्सन, परिसुचक घट्दा कारोबार रकम भने बृद्धी।

  •   ३ वर्ष अघि | ५ असार २०८०, मङ्लबार

असार ५, काठमाडौँ। कारोबारको तेस्रो दिन अर्थात आज मंगलबार सेयर बजार परिसुचक नेप्सेमा दोहोरो करेक्सन आएको छ।

हिजो सोमबार पनि सामान्य करेक्सन आएको नेप्सेमा आज २६.५६ अंकको करेक्सन आएको हो।

आज नेप्से परिसूचक २६.५६ अंकले घटेर २०६४.८३ बिन्दुमा पुगी बन्द भएको छ। नेप्सेको आजको यो घटाई १.२७ प्रतिशत हो। आज मंगलबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन नेप्सेमा ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँको कारोबार भएको छ।

यस दिन २६८ वटा धितोपत्रको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयर किनबेच भएको हो।मंगलबार सिटी होटलको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने हिजो जस्तै युनिक नेपाल लघुबित्तको सेयरमुल्य सर्वाधिक घटेको छ।

  • न्युज बहार संवाददाता

थप