शुभम पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ २२ गते अन्तिम दिन रहेको छ। यस कम्पनिले माघ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिसके पछी सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन गरेको हो ।
लगानीकर्ताले यस कम्पनिको शेयरमा न्यूनतम १० कित्ता देखी आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो।
कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा देखाएको थियो। केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको थियो।