साउन ७, काठमाडौँ। लघुवित्तीय संस्थाविरूद्ध काठमाडौँमा प्रदर्शन भएको छ।
आइतबार काठमाडौँमा लघुवित्तीय संस्थाविरूद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन्।
माइतीघर मण्डलबाट जुलुस निकालेर उनीहरूको प्रर्दशन थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकाली पुगेर त्याहाँ कोणसभामा परिवर्तन भएको थियो ।
प्रर्दशन उपस्थित उनीहरूले लघुवित्त संस्था खारेज गर, वित्तीय दलाललाई कारबाही गर, कपाली कागज र बाउन्स चेक खारेज गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरूलाई ऋण नि:शुल्क प्रदान गर्नुपर्ने लगायत माग राखेका छन्।
- न्युज बहार संवाददाता