१३ असार, काठमाडौं । केही दिन यता लगातार बढिरहेको सेयर बजार परिसुचक नेप्सेमा आज बुधबार करेक्सन आएको छ। लगानीकर्ता नाफा बुकिङ तिर लाग्दा बुधबार नेप्से परिसूचकमा करेक्सन देखिएको हो ।
आज नेप्सेका १३ वटा उपसूचकमध्ये १२ वटा उपसूचक घट्दा बजारमा ३५.३७ अंक (१.६२ प्रतिशत)को गिरावट भई २१५०.९९ विन्दुमा आएर रोकिएको छ। १२ वटा उपसुचक घट्दा जीवनबीमा उपसुचक भनेको बढेको छ। लगानिकर्ताहरुले जीवनबीमा कम्पनीको सेयरमा लगानि गरेका छन । यो क्षेत्रको उपसूचक २.५ प्रतिशतले वृद्धि भएको छ ।
यस दिन २८० धितोपत्रको ८२ हजार ३५९ वटा कारोबारबाट १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच भएको छ ।
बुधबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। आज नेप्सेमा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको कारोबार भएको हो।
बुधबार नेप्सेमा हिमालयन लाइफ इन्स्यारेन्सको सबैभन्दा धेरै कारोबार भएको छ।
- न्युज बहार संवाददाता