Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

चार करोड रूपैयाँको केरा आयात

  •   २ हप्ता अघि | १ मंसिर २०८०, शुक्रबार

मंसिर १, काठमाडौँ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै छठ पर्वका लागि चार करोड रूपैयाँको केरा भारतबाट आयात गरिएको छ। केरा छठ पर्वका वर्तालुका लागि अत्यावश्यक मानिन्छ। 

परम्परा अनुसार छठमा सिङ्गै केराको घरी भगवानलाई अर्घ्यका रूपमा चढाउने गरिन्छ। जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने बताएका छन। यादवका अनुसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्ने गरेको छैन।

अध्यक्ष यादव स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको बताउँछन । उनले भने गत वर्ष पौने दुई करोड रूपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो, यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन्।

गत वर्षको तुलनामा छठ पर्वसँगै यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको छ ।

  • न्युज बहार संवाददाता

थप