बैशाख
१०, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ
। आज नेप्से तथा कारोबार रकम दुबै घटेर बन्द भएको छ ।
यसदिन नेप्से परिसूचक १५.४१ अंक(०.७७
प्रतिशत)ले घटेर १९६९.०२ विन्दुमा बन्द भएको छ ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यस दिन नेप्सेमा ३२० स्टकको
३८ हजार ५५२ पटकको कारोबारमा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँ बराबरको ५६ लाख ५६ हजार
कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार सर्वाधिक ६.९१ प्रतिशतले
पिपुल्स पावरको शेयरमूल्य बढेको छ भने यस दिन सर्वाधिक ७.३७ प्रतिशतले कारोबारमा
आएको दोल्ती पावरको शेयरमूल्य घटेको छ।
यस दिन कारोबार रकमका आधारमा गोर्खाज
फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त फाइनान्सको आज ११ करोड ४७ लाख रुपैयाँ
बराबरको शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये १
उपसमूहको परिसूचक बढ्दा बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । आज म्युचुअल फण्ड
उपसमूहको परिसूचक ०.०२ प्रतिशतले बढेको छ । आज वित्त उपसमूहको परिसूचक सर्वाधिक
२.१० प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता