Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्सेमा एकल अंकको बृद्धी, कारोबार रकम भने खुम्चिदै

  •   ३ वर्ष अघि | १३ कार्तिक २०८०, सोमवार

कार्तिक १३, काठमाडौँ । आज सोमबार सेयर बजार परिसुचक नेप्से ३.०४ अंक (०.१६ प्रतिशत)ले बढेर १८७८.७० विन्दुमा बन्द भएको छ ।

आज कारोबारको सुरुवाती समयदेखि नै उच्च गिरावट देखिएको सेयर बजार अन्तिम समयमा आएर केही सम्हालिएको हो ।

यस दिन २८७ वटा धितोपत्रको २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेचबाट  ६९ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ।

आज सोमबार पञ्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढेको छ भने सोनापुर मिनरल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

आज नेप्सेमा साधना लघुवित्तको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक घट्दा बाँकी सबै समूहको परिसूचक बढेको छ। आज सर्वाधिक ०.८६ प्रतिशतले निर्जीवन बीमा समूहको परिसूचक बढेको छ।

  • न्युज बहार संवाददाता

थप