Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चेक बाउन्समा अधिकतम् दुई वर्षसम्म कैद सजायको प्रस्ताव

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

असोज १७, काठमाडौँ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को संशोधन गरी सरकारले चेक अनादरलाई बैंकिङ कसुर बनाउने प्रस्ताव अघि सारेको छ ।

चेक अनादरको विषयलाई बैंकिङ कसुर मान्ने र त्यस्तोमा अधिकतम् दुई वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था केही समयअघि मन्त्रीपरिषद्बाट पारित विधेयकमा प्रस्ताव गरिएको थियो।

बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन संशोधन चेक अनादरलाई बैंकिङ कसुर बनाउने प्रयोजनकै लागि सरकारले गर्न लागेको हो । यस सम्बन्धमा यसअघिको ऐनमा पर्याप्त व्यवस्था नभएको र सर्वोच्च अदालतले भिन्नभिन्न प्रकृतिमा फैसला गरेपछि चेक अनादरको विषयमा कानूनी एकरुपता हुने गरेको थिएन ।

अब विधेयक पारित भएपछि त्यसमा स्पष्टतार एकरुपता हुनेछ ।

  • न्युज बहार संवाददाता

थप