साउन २९, काठमाडौँ । आज सोमबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ ।
यस दिन नेप्से ३.६१ अंक (०.१७ प्रतिशत )ले घटेर २०७७.२४ मा बन्द भएको हो।
आज
कारोबार रकममा पनि केही गिरावट आएको छ ।
यस दिन
उक्त रकम घटेर सीमित भएको छ।
यस दिन
२७९ वटा धितोपत्रको ५४ लाख १७ हजार ९२८ कित्ता सेयर किनबेचबाट २ अर्ब ९ करोड १३
लाख ९० हजार ९३८ रुपैयाँको कारोबार भएको छ।
यस दिन
थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। आज नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्सको
सर्वाधिक कारोबार भएको छ।
आज
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने आठ समूहको परिसूचक बाँकी बढेको छ।
आज जलविद्युत समूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता