पुस
१७, काठमाडौ । आज बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक
५.१० अंकले बढेर २५८१.६० विन्दुमा बन्द भएको छ।
यस दिन नेप्से सामान्य
अंकले बढेपनि कारोबार रकम भने घटेको छ । बजारमा यस दिन ३०५ स्टकको ४३ हजार ७२९
पटकको कारोबारमा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार रुपैयाँबराबरको ९४ लाख ३४ हजार
कित्ता शेयर खरिदबिक्री भएको छ।
आज त्रिशुली जलविद्युत
कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन सपोर्ट
माइक्रोफाइनान्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन कारोबार रकमका
आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त
कम्पनीको यस दिन २१ करोड ८२ लाख रुपैयाँबराबरको शेयर कारोबार भ
भएको
छ ।
आज
कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको
परिसूचक घटेको छ ।
यस
दिन सर्वाधिक ३.८७ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ भने बैंकिङ्ग, जीवन
बीमा, लघुवित्त, म्युचुअल
फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।
- न्युज बहार संवाददाता