असार ६, काठमाडौँ । अभिनेता सरोज खनालको निर्देशनमा बनेको डेब्यु फिल्म ‘बगान’ को टिजर सार्वजनिक भएको छ । अभिनेत्री करिश्मा मानन्धरको मुख्य भुमिका रहेको फिल्म उनी एकल आमाको रुपमा देखिएकी छन् ।
१ मिनेट १३ सेकेन्ड लामो टिजरको क्लाइमेक्समा कलाकार नीर शाहलाई फर्काएको संवादमा करिश्माको अभिनय मनछुने खालको देखिएको छ ।
टिजर मार्फत् एकल महिलाको इच्छा, चाहना र परिवारले गर्ने व्यवहारलाई प्रस्तुत गरिएको छ ।
यो फिल्म असार १९ गते देखी देशभर रिलिज हुदै छ।
- न्युज बहार संवाददाता