फागुन ८, काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मीलाई प्रहरीको
केन्द्रिय साइबर ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ
गरेको छ । ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले उनलाई थाइल्याण्डबाट नेपाल आइपुगे लगतै एयरपोर्टबाटै
पक्राउ गरिएको बताएका छन ।
उनी माथि विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्यूरोमा उजुरी दिएका थिए । एसएसपी अर्यालले सुवास रेग्मीलाई म्याद थप गरेर विद्युतीय कारोबार ऐन अन्तर्गत कार्वाही प्रक्रिया अघि बढाइने समेत जानकारी दिएका छन । सुवास रेग्मीले अन्य व्यक्तिहरुको पनि चरित्रहत्या गरेको भनि गरेको महेशचन्द्र आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।
गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक कम्पनीका
संचालक सुवास रेग्मीबीचको ‘प्रणय’ एल्बममा राखिएको गीत ‘पोखरा’लाई लिएर थियो । यसै
केसमा रेग्मीले प्रमोद खरेलमाथि प्रतिलिपि अधिकारको
कार्यालयमा करोड क्षतिपूर्ति माग गर्दै उजुरी दिएका थिए भने यता प्रमोद खरेलले पनि कानूनी प्रक्रियामार्फत
उपचार खोज्ने जवाफ त्यतिबेला दिएका थिए ।
रेग्मी पछिल्लो समय थाइल्याण्डमा रहेका भएपनि उनले सामाजिक संजालबाटै आफूहरुलाई
लाञ्छना लगाउने गरेको आरोप उजुरीकर्ता आचार्यसहितको गुनासो उजुरीमा छ ।