जेठ २२, काठमाडौँ। गायक प्रकाश सपुतको ‘बोल माया’ एक चर्चित गीत हो ।
शान्तिश्री परियार, नारायण रायमाझी र स्वयं प्रकाशकै स्वरमा रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गराएको थियो ।
अडियो र भिडियो दुबैमा अब्बल यो गीतपछि प्रकाश सपुतको एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् ।
प्रकाश सपुत अब भने आफ्नो यस लोकप्रिय गीतको ‘बोल माया’ दोस्रो भाग ल्याउने तयारीमा जुटेका छन ।
उनले बोल माया’ दोस्रो भागको शीर्षक जुराएका छन्, ‘दमाई महाराज’ राख्ने भएका छन। यसबारे उनले सामाजिक सञ्जालबाट जानकारी दिएका छन।
उनले २०८० साललाई जातीय विभेदविरुद्धको वर्षका रुपमा मनाउने र सोही अनुसारका गिति सिर्जना ल्याउने उल्लेख गरेका छन् ।
- न्युज बहार संवाददाता