Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘पुजार सार्की’ मा प्रदीप को ‘क्यारेक्टर लुक्स’ सार्वजनिक, मैतबहादुर परियार बनि दमाहा बजाउँदै

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । ‘पुजार सार्की’ फिल्मले आफ्नो अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर फिल्ममा रहेको उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ । फिल्म ‘पुजार सार्की’ मा प्रकाशले मैतबहादुर परियार नामक पात्रको भूमिका निर्वाह गरेका बताइएको छ ।

सार्वजनिक तस्वीरमा उनको चरित्र रुपान्तरण आकर्षक र भिन्न देखिएको छ । तस्वीरमा उनले पात्र निर्वाह गर्नका लागि गरेको मेहनत पनि देखिएको छ । सार्वजनिक फोटोमा उनलाई लामो कपाल, कालो टोपीमा पञ्जैबाजाको दमाहा बजाउँदै गरेको देखिएको छ ।  

निर्देशक दिनेश राउतले यो फिल्ममा जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने कथा पेश गरिने बताएका छन । प्रदीपसँगै यस फिल्ममा पल शाह र आर्यन सिग्देल पनि प्रमुख भूमिकामा रहेका छन  । आर्यन सिग्देल फिल्ममा पुजारीको भुमिकामा देखिने बताइएको छ। पल शाहको भुमिका बारे भने अहिले सम्म सार्वजनिक गरिएको छैन।

पहिलो पटक यी तीन कलाकार एउटै फिल्ममा देखिन लागेका हुन् । फिल्म आउँदो जेठमा प्रदर्शन हुने जनाइएको छ। 

  • न्युज बहार संवाददाता

थप