चैत १६,
काठमाडौँ । बिहीबार हिन्दी फिल्मका चर्चित अभिनेता तथा कांग्रेस सांसद समेत रहेका गोबिन्दा शिवसेनामा
प्रवेश गरेका छन् । राज्यका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको
उपस्थितिमा उनले मुम्बईमा पार्टीको सदस्यता लिएका बताइएको छ ।
मुख्यमन्त्री
शिन्देले यस अवसरमा उनलाई आफ्नो पार्टीको झण्डा दिँदै अंगवस्त्र लगाएर स्वागत
गरेका थिए । उत्तर पश्चिम मुम्बईको लोकसभा सीटबाट गोविन्दालाई एनडीए र शिवसेनाले
उम्मेदवार बनाउन सक्ने बताइएको छ ।
- न्युज बहार संवाददाता