चैत २३, काठमाडौँ। आज बिहीबार
काठमाडौंको बालाजुमा
बाइसधारा मेला लागेको छ। यही मेलाका क्रममा बालाजुमा रहेका २२ वटा धारामा स्नान गर्न मानिसहरूको
घुइँचो लागेको छ।
प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बालाजुमा
रहेको बाइसधारा मा मेला लाग्ने गर्छ।
विभिन्न स्थानबाट बाइस वटा ढुंगेधाराबाट निस्केको
जलमा स्नान गरे शरीरमा भएका रोगब्याधी
सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति
एवं समृद्धि कायम हुने विश्वासले भक्तजनहरू आउने
गर्छन।
- न्युज बहार संवाददाता