फागुन १२, काठमाडौँ । कमेडियन सजन श्रेष्ठले आफूसहित परिवार असुरक्षित भएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । यसबारे उनले सामाजिक सञ्जालमार्फत उजुरी दिएको जानकारी दिएका हुन् ।
सजनका
अनुसार रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूलाई धम्कीका साथै दिदीहरूलाई
समेत बलात्कारसम्मको धम्की आएको हो ।
उनले सामाजिक सञ्जालबाट प्रहरीमा दिएको निवेदन समेत सार्वजनिक गरका
छन । उनले उजुरीमा दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही गर्न
माग समेत गरेका छन् ।
- न्युज बहार संवाददाता