Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२३ वर्षपछि ‘नायक’ को सिक्वेल ‘नायक २’ बन्ने

  •   ३ वर्ष अघि | ८ चैत्र २०८०, बिहिबार

चैत ८, काठमाडौँ । बलिउड फिल्म ‘नायक’ को सिक्वेल बन्ने भएको छ। अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी स्टारर यो फिल्म दर्शकले सर्वाधिक रुचाएको राजनीति र एक्सनपूर्ण मनोरञ्जनात्मक फिल्ममा पर्दछ ।

यस फिल्ममा अभिनेता अनिल कपूरले शिवाजी रावको भुमिका निर्वाअ गरेका छन  उनी फिल्ममा अप्रत्याशित रूपमा मुख्यमन्त्री बन्छन र त्यसपछी उनको जिवनमा आउने उतारचढावलाई फिल्मले चित्रण गरेको छ । ‘नायक’ फिल्म निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा पनि पर्दछ । फिल्मलाई पर्दामा मात्र होइन, टेलिभिजनमा पनि सर्वाधिक हेरिएको छ ।

अब यो फिल्म निर्माणको २३ वर्षपछि सिक्वेल ‘नायक २’ बन्ने भएको छ । अब ‘नायक-२’ लाई सिद्धार्थ आनन्दले निर्माण र मिलन लुथ्रियाले निर्देशन गर्नेछन् । मार्फिक्लस पिक्चरको व्यानरमा उनीहरुले यो फिल्म बनाउन लागेका हुन् । 

  • न्युज बहार संवाददाता

थप