माघ ३, काठमाडौँ । फागुन १८ गतेदेखि एक्सनप्रधान फिल्म ‘अगस्त्य’ प्रदर्शन आउने भएको छ । मंगलबार फिल्मले प्रमुख अभिनेता नाजिर हुसेनको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।
सार्वजनिक क्यारेक्टर
पोस्टरमा नाजिरको पात्रको नाम निशान उल्लेख गरिएको छ । साथै, पाँचवटा क्यारेक्टर मुड पनि पेश
गरिएको छ । यसअघि नै यस फिल्मका निर्माताले सौगात मल्लको लुक्स सार्वजनिक गरिसकेका
छन् ।
निर्माणपक्षले
दिएको जानकारी अनुसार नाजिरले यो फिल्ममा एक प्रहरी अफिसरको भूमिका निर्वाह गरेका
छन् र यो फिल्मका लागि नाजिरले २० केजी तौल पनि बढाएका थिए ।
फिल्म ‘अगस्त्य’ मा नाजिर हुसेन, सौगात मल्ल, प्रमोद अग्रहरी, मलिका महत, रवीन्द्र झा, विजय बराल लगायतका कलाकारको अभिनय देख्न
सकिन्छ ।
- न्युज बहार संवाददाता