फागुन
२५, काठमाडौँ। अभिनेता मानव सुवेदी र अभिनेत्री
सुरक्षा पन्त आज विवाह बन्धनमा बाँधिएका छन् । आज बिहीबार चितवन सौराहको एक
रिसोर्टमा उनीहरुले लगनगाँठो कसेर बैबाहिक जिबनको सुरुवात गरेका छन।
विवाहमा
दुबैपक्षका तर्फबाट सीमित आफन्त र साथीभाइको मात्र सहभागिता रहेको थियो। उनिहरुको विवाहको जानकारी
पनि सुरक्षाले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै गराएकी छिन।
अभिनेत्री
सुरक्षाले सामाजिक सञ्जाल मार्फत हिजो बुधबार मात्र इन्गेजमेन्टको जानकारी गराएकी
थिइन् ।
सुरक्षा
र मावनले करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । मानव गायक
तथा अभिनेता दुबै हुन् भने सुरक्षा
इन्जिनियरिङको अध्ययन गर्दै फिल्म अभिनयमा रमाइरहेकी छिन्।
- न्युज बहार संवाददाता