असोज १२, काठमाडौँ । अभिनेता अनमोल केसीलाई आज प्रहरीले पक्राउ गरेको छ । टेकुस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा आज शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसीलाई राखिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले उनलाई अदालतबाट पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको बताए ।
उपत्यका
अपराध अनुसन्धान कार्यालय काठमाडौँको टोलीले केसीलाई आपराधिक विश्वासघात गरेको
आरोपमा काभ्रेबाट पक्राउ गरेको थियो ।
उनीविरुद्ध
आपराधिक विश्वासघातको कसुरमा निर्माणको तयारीमा रहेको फिल्म ‘रावायण’ युनिटले किटानी जाहेरी दर्ता गराएको छ
।
- न्युज बहार संवाददाता