Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘एक्टरः टेक वन’ को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेतालाई फिल्ममा अबसर

  •   २ वर्ष अघि | १० माघ २०८१, बिहिबार

माघ १०, काठमाडौँ । फिल्म ‘एक्टरः टेक वन’ यही आउँदो माघ १६ गते रिलिज हुँदै छ । यसैबिच फिल्म ‘एक्टरः टेक वन’ ले ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । ‘एक्टिङ कन्टेस्ट’का विजेतालाई ‘एक्टरः टेक वन’ को निर्माण कम्पनी अधृत फिल्स् प्रालिले निर्माण गर्ने आगामी फिल्ममा अभिनय अवसर दिइने घोषणा गरेको हो ।

विश्वभरका नेपालीले यस कन्टेस्टमा सहभागिता जनाउन सक्ने तथा सहभागीको लागि फिल्म ‘एक्टरः टेक वन’ को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा १ मिनेट लामो भिडियो बनाउनु पर्ने छ। साथै उक्त भिडियोलाई आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुका साथै पोस्ट गर्दा यस फिल्मका ह्यान्डलहरू फेसबुक, इन्स्टाग्राम र टिकटकमा ट्याग वा मेन्सन गर्नुपर्ने तथा ह्यासट्यागमा लेख्नुपर्ने छ ।

  • न्युज बहार संवाददाता

थप