फागुन ५, काठमाडौं । अभिनेत्री करिश्मा
मानन्धरको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
युट्यूवमा करिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र हत्या गरेको अभियोगमा उक्त
व्यक्तीलाई पक्राउ गरिएको केन्द्रीय साइबर ब्युरोले बताएको छ ।
केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । माघ
अन्तिम साता अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोली आफ्नो
चरित्र हत्या गरेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्। ब्युरोका एसपी पशुपति रायले सोही
उजुरीका आधारमा उनलाई काठमाडौँबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको जानकारी
दिएका छन ।