असार १७, काठमाडौँ । नवल खड्का अभिनित फिल्म ‘काँडेतार’लाइ उत्कृष्ट कथा बापत नगद दश लाख पुरस्कार प्राप्त भएको छ ।
‘काँडेतार’ फिल्मले यो पुरस्कार नेपाल सरकार, चलचित्र विकास बोर्डबाट स्टोरी बैंक (कथा संग्रहालय) अन्तर्गत हात परेको हो । नेपाल सरकारकि प्रवता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले उक्त पुरस्कार फिल्मलाई प्रदान गरेकी हुन् ।
नवल खड्काद्वारा निर्मित,निर्देशित तथा अभिनित फिल्म ‘काँडेतार’आगामी महाशिवरात्रीबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
निर्देशक एंवम नायक समेत रहेका अभिनेता खड्काले देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित फिल्मलाई नेपाल सरकारले सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मान भएको बताएका छन ।
यस फिल्ममा नवल खड्काका साथमा रेविका गुरुङ, गौरव पहारी, मुरलीधर, सुरविना कार्की, परशुराम चौधरी, पन्नालाल सिकदार, प्रेम सुब्बा, राजेन्द्र भगत, सञ्जय खतिवडा, प्रकाश गिरी, बालकलाकारहरु सनया खड्का र नादिया खड्का लगायतको अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता