Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

पर्यटकीय सिजन सुरू भएसँगै एक महिना हिमाल चढ्नका लागि एक सय ४८ जनाले लिए अनुमति

  •   ४ महिना अघि | २० चैत्र २०८०, मङ्लबार

चैत २०, काठमाडौँ । हिमाल आरोहणका लागि अनुमति लिने पर्यटकको संख्या पर्यटकीय सिजन सुरू भएसँगै बढ्न थालेको छ। 

मार्च १ देखि अप्रिल १ मा एक महिना हिमाल चढ्नका लागि एक सय ४८ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

एक सय ४८ जनाले मध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति लिएको छ ।

एक महिनामा ६३ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका विभागले जनाएको छ । 

विभागका अनुसार त्यस्तैगरी आमादब्लम चढ्न २३ जना, अन्नपूर्ण चढ्न २५ जनाले, पुथा हिमचुली ७ जना, धवलागिरिका लागि १५ जना, कञ्चनजंघाका लागि ७ जनाले अनुमति लिएका छन् भने जसबाट १० करोड ५५ लाख रूपैयाँ राजस्व संकलन भएको छ । 

  • न्युज बहार संवाददाता

थप