असोज ३०, काठमाडौँ । मौद्रिक नीति र बजेट मार्फत
मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने लक्ष्य सरकारले लिएको छ । सुरुवाती महिनाबाटै
त्यसको ठिक विपरित तथ्यांकले नेपालमा चर्को मल्यवृद्धिको सामना गर्नु
परेको देखाएको छ ।
भदौ
महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको नेपाल राष्ट्र
बैंकले जनाएको छ ।
यस वर्ष पनि खाद्य तथा पेय पदार्थ
समूहको मुद्रास्फीति धेरै रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यसरी खाद्य तथा पेय पदार्थमा
मुद्रास्फीति धेरै रहँदा यसले हरेक
नेपालीको भान्सा महँगो बनाइरहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहको
मुद्रास्फीति ९.७४ प्रतिशत छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति
६.९९ प्रतिशत मात्र रहेको देखिएको छ । अझ खाद्य तथा पेय पदार्थ भित्र समेत
मरमसलामा सर्वाधिक ४५.४६ प्रतिशतले मूल्य बढेको पाइएको छ ।
१४.५१ प्रतिशत तरकारीमा, १७.८६ प्रतिशत चिनी र चिनीजन्य वस्तुमा, १३.३८ प्रतिशत खाद्य तथा खाद्यजन्य
पदार्थमा, १२.६०
प्रतिशत दुग्ध पदार्थ तथा अण्डाको र १०.९७ प्रतिशत रेष्टुरेन्ट तथा होटेलको मूल्य
बढेको छ ।
त्यस्तै तथ्यांक अनुसार १३.०८
प्रतिशतले घिउ तथा तेल उपसमूहको मूल्य भने गिरावट भएको छ ।
सबैभन्दा
धेरै महँगीको मारमा हिमाल (११.३२ प्रतिशत), तराईमा ७.०३ प्रतिशत, पहाड ८.०९ प्रतिशत
र काठमाडौँ उपत्यकामा (९.८३ प्रतिशत) को मूल्यवृद्धि भएको पाइएको छ ।
- न्युज बहार संवाददाता