चैत
१०, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।
आइतबार नेप्से परिसूचक ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा झरेको छ ।
यस दिन नेप्से घटेपनि कारोबार
रकम भने बढेको छ। बजारमा यस दिन ३१७ स्टकको ७२ हजार २६५ पटकको कारोबारमा ६ अर्ब ३२
करोड १ लाख ४१ हजार रुपैयाँबराबरको १ करोड २३ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री
भएको छ ।
आज मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक
सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन कारोबार रकमका
आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४२
करोड ६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। १३ उपसुचकहरु मध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता