Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वर्षात्ले पनि नरोकेको अन्नपूर्ण हिमालको आधार शिविरमा पर्यटकको आगमन

  •   १ वर्ष अघि | १७ साउन २०८२, शुक्रबार

साउन १६, गण्डकी । वर्षात्को समयमा पनि अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न दैनिक उल्लेख्य पर्यटक आउने क्रम निरन्तर चलिरहेको छ । दैनिक ५० जनाभन्दा बढी पर्यटक मनसुनको याम भए पनि अन्नपूर्ण आधार शिविर आउने गरेका छन् ।

यस याममा छिटोछिटो फुल्ने र ओइलाउने बुकी फूलका साथै विभिन्न प्रजातिका फूल एवं यहाँ देखिने हरियाली र खोलानालाले यहाँ आउने जोकोहीलाई पनि लोभ्याउने गरेको छ ।

विश्वका उत्कृष्ट पदमार्गमध्येमा पदयात्रा पर्यटनका क्षेत्रमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गले चासो र चर्चा कमाएको छ । मनसुनका समयमा पनि पर्यटक आगमन भइरहँदा यहाँका पर्यटन व्यवसायी उत्साहित र खुसी छन् ।

अहिले पदयात्रा क्षेत्रमा बनेका सुविधा सम्पन्न होटेलहरुमा पर्यटकले सजिलै बस्ने लगायतका सेवा सुविधा प्राप्त गर्न सक्छन । यहाँका व्यवसायीहरुले पर्यटकको आगमनलाई लक्षित गरी पदमार्ग नियमित रुपमा सरसफाई गर्ने गरेका छन् ।

पर्यटन प्रबर्दनकोलागि प्रत्येक वर्ष अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्तराष्ट्रिय अन्नपूर्ण म्याराथन गर्दै आएको छ ।

  • न्युज बहार संवाददाता

थप