बैशाख ३, काठमाडौँ । सगरमाथा क्षेत्रमा वसन्त ऋतुको आरम्भ भएसँगै पर्यटकको चहलपहल बढेको छ ।
सगरमाथा
क्षेत्रमा शेर्पा संस्कृतिको सुगन्ध, वरिपरि हिउँका पर्खाल, अनि हिमाली सौन्दर्यको आकर्षक
दृश्यले हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ ।
गत महिना
१२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको सगरमाथा राष्ट्रिय
निकुञ्ज कार्यालयले जनाएको छ ।
यो याम
हिमाल आरोहण, ट्रेकिङ
तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको राष्ट्रिय
निकुञ्जका रेन्जर विवेक श्रेष्ठले बताएका छन । रेन्जर श्रेष्ठका अनुसार हिमाल
आरोहण तथा दृष्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक
आउने क्रम जारी छ ।
यस समयमा सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय
निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको
छ ।
खुम्बु क्षेत्रमा पर्यटकको आवागमन बढेसँगै व्यावसायिक गतिविधि, होटल लजहरूको व्यस्तता पनि
बढेको छ ।
अहिले नाम्चे बजारदेखि लुक्लासम्मका होटल पर्यटकले भरिभराउ भएका छन्
। मौसम अनुकूल हुँदा दैनिक काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थलबाट सयौँ
पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन् ।
- न्युज बहार संवाददाता