असोज
२२, काठमाडौँ । सोमबार नेपाली बजारमा पनि चाँदी र सुन दुबैको मूल्य बढेको छ।
यसदिन सुनको मूल्य प्रतितोला एक
हजार रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक
लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा
कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज सोमबार नेपाली बजारमा चाँदीको
मूल्य पनि बढेको छ।
चाँदी सोमबार प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता