भदौ
२७, काठमाडौँ । बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउ दुबैमा गिरावट आएको छ।
आज सुनको
मूल्य प्रतितोला आठ सय रुपैयाँ घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
१० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता